काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अस्ट्रेलियाका राजदुत फेलिसिटी भोल्कबीच शिष्टाचार भेट भएको छ ।
बिहीवार गृह मन्त्रालयमा मन्त्री श्रेष्ठ र राजदुत भोल्कबीच शिष्टाचार भेटघाट भएको हो । भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध सधैँ सौहार्दपूर्ण रहेको र अस्ट्रेलियाले नेपाललाई प्रदान गर्दै आएको सहायताको लागि विशेष धन्यवाद दिनुभयो ।
राजनीतिक परिवर्तनपछि आफूहरूको सम्पूर्ण ध्यान आर्थिक विकासमा केन्द्रित रहेको तर त्यसको लागि विदेशी लगानी आकर्षित गर्ने र बढ्दो व्यापार घाटाको नियन्त्रण गर्ने काममा अस्ट्रेलिया जस्तो देशबाट साथको अपेक्षा गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताउनु भयो । राजदुत भोल्कले भने नेपालजस्तो आत्मीय देशको विकास साझेदार हुन पाउँदा आफूलाई खुशी लागेको बताउनु भयो ।
त्यस्तै उपप्रधानमन्त्री श्रेष्ठसँग नेपालका लागि बंगलादेशका राजदुत सालाउद्दिन नोमन चौधरीबीच भेटवर्ता भएको छ । भेटमा नेपाल र बंगलादेशबीचको सधैँको सौहार्दपूर्ण सम्बन्धलाई विद्युत प्रशारण लाइन सम्बन्धी सम्झौताले सहकार्य र विकासमा अर्को कोशेढुङ्गा सावित गर्ने उपप्रधानमन्त्री श्रेष्ठले बताउनु भयो । साथै दुईदेशबीच व्यापार सम्झौतामा समेत काम भइरहेको आफुले बुझेको बताउनु भयो । राजदुत चौधरीले पनि द्विपक्षीय सौहार्दपूर्ण सम्बन्धमा विद्युत प्रशारण लाइन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३२ जेठ २०८०, १९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालको विकासमा रसियाको ठूलो सहयोग छ : नारायणकाजी श्रेष्ठ
उपप्रधानमन्त्री लामिछाने र स्विडेनका राजदूत थेलेफबीच भेटवार्ता
विकासका उपलब्धि जोगाउन सार्थक सहयोगका लागि उपप्रधानमन्त्री यादवको जोड
उपप्रधानमन्त्री यादव अमेरिका प्रस्थान
कालीबहादुर खामका केटाहरूबाट असुरक्षा भएको भन्दै गृहमन्त्रीसमक्ष रमिलाको गुनासो
राप्रपाको प्रदर्शनमा दमन गर्न सुरक्षा निकायलाई निर्देशन नदिएको गृहमन्त्री लामिछानेको दाबी