काठमाडौं । पछिल्ला २४ घण्टामा देशका विभिन्न स्थानमा ६ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार कपिलवस्तुको कृष्णनगर नगरपालिका-८ बहादुरगंज बजारस्थित शिव मन्दिरमा सोही नगरपालिका देबनगडीया बस्ने ६० वर्षीय शंकर कहार बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी रुपन्देहीको मायादेवी गाउँपालिका-१ धमौली बस्ने ५० वर्षीय कपिल लोध सोही ठाउँस्थित बारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । कञ्चनपुरको बेलडाँडी गाउँपालिका-४ झिलमिला गड्डा टोल बस्ने ४५ वर्षीया दुर्गा थापा पनि सोही ठाउँस्थित उखुबारीमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी रौतहटको परोहा नगरपालिका-७ स्थित पोखरीमा अन्दाजी ६ वर्षीया बालिका बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । काभ्रे, भुम्लु गाउँपालिका-७ राजकोटस्थित सुनकोशी नदीमा पनि अन्दाजी ५५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यी दुई जनाको सनाखत हुन सकेको छैन ।
प्रहरीका अनुसार मोरङको केराबारी गाउँपालिका-५ बस्ने ३८वर्षीय युवराज रानामगर सोही ठाउँस्थित बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ जेठ २०८०, ११ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीन जना मृतावस्थामा फेला
बुधबार ५ जना मृतावस्थामा फेला
२ जना मृतावस्थामा फेला, अर्का एकको डुबेर मृत्यु
छुट्टाछुट्टै स्थानमा ३ जना मृतावस्थामा फेला
विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला