काठमाडौँ । नेकपा एमालेका सचिव एवम् स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि स्वास्थ्य क्षेत्रलाई छुट्याएको बजेटप्रति असन्तुष्टि जनाएका छन् ।
भट्टराईले बिहीबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य सेवा प्राप्त गर्ने प्रत्येक नागरिकको संविधान प्रदत्त मौलिक हक भएपनि बिनियोजित बजेटले त्यो हक पाउन नसक्ने टिप्पणी गरेका हुन् । सरकारले आगामी वर्षका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्व ९९ करोड १८ लाख बजेट छुट्ट्याएको छ ।
जुन रकम संघ, प्रदेश र स्थानीय तहको एकमुष्ट हो । भट्टराईका अनुसार यो रकम चालू वर्षको भन्दा १९ अर्बले कम हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ जेठ २०८०, १६ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कानुन अनुसार नै केबुलकार बनाउने जिम्मा दिएको बिर्सन हुँदैन : योगेश भट्टराई
संघीय संसदबाट अध्यादेश पारित हुन्छ : योगेश भट्टराई
सामाजिक सञ्जाललाई प्रतिबन्ध होइन, नियमन गर्न खोजेका हौं : योगेश भट्टराई
अध्यादेशबाटै जन्मिएको पार्टीले विरोध गर्दा अचम्म लाग्छ : योगेश भट्टराई
लेखा समिति सभापति विपक्षीलाई दिन संविधान संशोधन गरौँ : योगेश भट्टराई
बीआरआईबाट ठोस लाभ प्राप्त गर्नेमा हामी आशावादी छौँ : योगेश भट्टराई