काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक सुरु भएको छ । मंगलबारको बैठकले प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीको संसदीय सुनुवाई प्रक्रिया अगाडि बढाउने बताईएको छ ।
गत वैशाख २५ गते सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको थियो । संसदीय सुनुवाइ समिति गठन नहुँदा कार्कीको सुनुवाइ प्रक्रिया अगाडि बढ्न सकेको थिएन ।
तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध २०७८ फागुन १ मा महाअभियोग प्रस्ताव दर्ता भएको थियो । निलम्बनकै अवस्थामा जबराले गत मंसिरमा अवकाश पाएपछि न्यायालय नेतृत्वविहीन छ ।
हाल कार्की कायममुकायम प्रधानन्यायाधीश हुनुहुन्छ । प्रधानन्यायाधीशको नियुक्ति संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले गर्ने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १६ जेठ २०८०, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रस्तावित राजदूत भट्टराईका बारेमा निर्णय गर्न बसेको बैठक फेरि स्थगित
प्रस्तावित राजदूत भट्टराईकाे बारेमा निर्णय गर्न समितिको बैठक जारी
संसदीय सुनुवाइ समितिको बैठक स्थगित
यस्तो छ चीनका लागि प्रस्तावित राजदूत ओलीको कार्ययोजना (पूर्णपाठ)
संसदीय सुनुवाइ समितिको बैठक ५ बजेलाई सर्यो
प्रस्तावित महालेखा परीक्षकविरुद्ध उजुरी आह्वान संसदीय सुनुवाइ समितिले प्रस्तावित