प्रस्तावित राजदूत भट्टराईकाे बारेमा निर्णय गर्न समितिको बैठक जारी

सफल खबर संवाददाता

सोमबार, ०७ असोज २०८१, १३ : ५५
प्रस्तावित राजदूत भट्टराईकाे बारेमा निर्णय गर्न समितिको बैठक जारी

काठमाडौँ । श्रीलङ्काका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईका बारेमा निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक जारी छ । सोमबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको कार्यालयमा बैठक बसेको हो ।

प्रस्तावित राजदूत भट्टराईको स्नातक तहको सर्टिफिकेट नभएपछि उनको नाम समितिबाट अनुमोदन हुन बाँकी थियो । यसअघि समितिले विभिन्न १६ देशका लागि प्रस्तावित राजदूतको नाम बहुमतले अनुमोदन गरेको थियो ।

भट्टराईको सर्टिफिकेट नभेटिएपछि निर्णय गर्नका लागि समितिमा अन्योलता सिर्जना भएको थियो । तर उनले बायोडाटामा भने स्नातक तह उत्तीर्ण गरेको उल्लेख गरेका छन्।  भट्टराई नेपाली कांग्रेसको कोटाबाट राजदूतमा सिफारिस भएका हुन् । 

प्रतिक्रिया दिनुहोस