संसदीय सुनुवाइ समितिको बैठक स्थगित

सफल खबर संवाददाता

आइतबार, ३० भदौ २०८१, १० : ५६
संसदीय सुनुवाइ समितिको बैठक स्थगित

काठमाडौँ । आज बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ ।

अर्को सूचना नआएसम्मको लागि बैठक स्थगित भएको समितिका सभापति ईश्वरी न्यौपानेले जानकारी दिइन् । 

बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धमा छलफल र निर्णय गर्ने कार्यसूची रहेको थियो । 

राजदूतहरूको सुनुवाइ सकिएकोले अब बस्ने बैठकले उनीहरूको सिफारिसबारे अन्तिम निर्णय गर्नेछ । 

प्रतिक्रिया दिनुहोस