अमेरिकी राष्ट्रपति बाइडेनद्वारा पुनः निर्वाचित भएकामा एर्दोगानलाई बधाइ

सफल खबर संवाददाता

सोमबार, १५ जेठ २०८०, १२ : ३६
अमेरिकी राष्ट्रपति बाइडेनद्वारा पुनः निर्वाचित भएकामा एर्दोगानलाई बधाइ

अमेरिका।अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पुनः निर्वाचित भएकोमा बधाइ दिएका छन्। बाइडेनले उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को सहयोगीका रूपमा सँगै काम जारी राख्ने आशा समेत व्यक्त गरेका छन् ।

बाइडेनले ट्वीटमा लेख्नु भएको छ , ‘टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई उहाँ पुनः निर्वाचित भएकोमा बधाइ । म द्विपक्षीय मुद्दाहरू र साझा विश्वव्यापी चुनौतीहरूमा नेटो सहयोगीहरूको रूपमा सँगै काम गर्न चाहान्छु ।’ आइतबार टर्कीको राष्ट्रपति चुनावमा एर्दोगान विजयी घोषणा भएपछि बाइडेनको उक्त टिप्पणी आएको हो। यत्यसैगरी अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई पुनः निर्वाचित भएकोमा बधाइ दिएका छन्।

ब्लिन्केनले ट्वीट गर्दे लेख्नु भएको छ – राष्ट्रपति एर्दोगानलाई पुनः निर्वाचित भएकामा यसले त्यहाँको लामो लोकतान्त्रिक परम्परालाई झल्काउँछ। टर्किए एक मूल्यवान नेटो सहयोगी र साझेदार हो। म सरकारसँग हाम्रो निरन्तर सहकार्यका लागि तत्पर छु।टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्कीको राष्ट्रपतीय निर्वाचनमा जित हासिल गर्दै आफ्नो शासनलाई तेस्रो दशकसम्म लम्ब्याएको सीएनएनले जनाएको छ ।

एर्दोगानले आइतबार भएको मतदानमा विपक्षी नेता केमाल किलिचदारोग्लुलाई पराजित गर्नु भएको हो ।एर्दोगानले २७,५१३,५८७ भोट वा खसेको मतको ५२।१४ प्रतिशत प्राप्त गर्नु भएको सीएनएनले देशको सर्वोच्च निर्वाचन परिषद्ले जारी गरेको तथ्याङ्कलाई उद्धृत गर्दै उल्लेख गरेको छ। यसैबीच विपक्षी नेता केमाल किलिचदारोग्लुले २५,२६०,१०९ मत वा ४७.८६ प्रतिशत प्राप्त गरेका हुन्। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पुनः निर्वाचित भएपछि समर्थकहरूको ठूलो भीडलाई सम्बोधन गर्न राष्ट्रपति भवन पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस