काठमाडौं । संघीय संसद सदस्यहरुको विद्युतीय प्रणालीबाट हाजिर गरिने भएको छ । सोमबार प्रतिनिधिसभाका सभामुख र उपसभामुखले विद्युतीय हाजिरीका लागि वायोमेट्रिक प्रणालीबाट नाम दर्ता गराएका छन् ।
संसद सचिवालयका अनुसार सबै सांसदहरुको वायोमेट्रिक विवरण संकलन गरेपछि विद्युतीय प्रणालीबाट हाजिर हुनेछ । प्रतिनिधिसभा बैठकमा सांसदहरु हाजिर गरेर घर जाने गरेको भन्दै विद्युतीय हाजिरीको प्रबन्धन गर्नुपर्ने माग उठेको थियो ।
हालसम्म सांसदहरुले लिखित रुपमा हाजिर गर्दै आएका थिए । यसपटक प्रतिनिधिसभाले आप्नो नियमावलीमा पनि विद्युतीय हाजिरीको व्यवस्था गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ जेठ २०८०, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदको अर्थ समितिको बैठक स्थगित
मिडिया काउन्सिल विधेयक प्रतिनिधि सभामा टेबुल हुँदै
मिडिया काउन्सिल विधेयक पारित गर्ने संसद्को कार्यसूची
संसदको हिउँदे अधिवेन शुरु, प्रतिनिधिसभामा शीर्ष नेताको सम्बोधन
संसद अधिवेशनको तयारी तीव्र, कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै
उद्योगसहित तीनवटा समितिको बैठक बस्दै