काठमाडौं । पर्साका सरकारी कार्यालयको पूँजीगत खर्च निराशाजनक देखिएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय वीरगञ्जका अनुसार पर्सास्थित ४२ सरकारी कार्यालय तथा पालिकाको पूँजीगत खर्च ३५ प्रतिशत रहेको छ। यो खर्च चालू आर्थिक वर्ष २०७९/८० को १० महिनाको हो ।
४२ सरकारी कार्यालयले कूल बजेटको पूँजीगततर्फ ३५ प्रतिशत र चालूतर्फ ८१ प्रतिशतमात्र खर्च गरेका कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख यज्ञराज उप्रेतीले जानकारी दिए । उनका अनुसार पूँजीगततर्फ रू चार अर्ब ४७ करोड २६ लाख ४२ हजार चार सय ३८ मध्ये वैशाख मसान्तसम्म रू एक अर्ब ५५ करोड २२ लाख १६ हजार १८ मात्र खर्च भएको छ भने चालूतर्फ रू १० अर्ब ३७ करोड ९३ लाख आठ हजार नौ सय ५७ मध्ये वैशाख मसान्तसम्म रू आठ अर्ब ४६ करोड ११ लाख एक हजार नौ सय १२ खर्च भएको छ ।
वीरगञ्ज महानगरपालिकासहित जिल्लाका १४ वटै पालिकाको समानीकरण र शसर्त बजेट रू पाँच अर्ब ४२ करोड ३५ लाख ८० हजारमध्ये वैशाखसम्म सबै पालिकाको पहिलो र दोस्रो त्रैमासिकमा गरी रू दुई अर्ब २६ करोड ५० लाख २२ हजार दुई सय निकासा भएको कार्यालयले जनाएको छ । समयमा ठेक्का सम्झौता नहुनु, आर्थिक तरलताका कारण निर्माण कम्पनीले समयमा काम सम्पन्न गर्न नसक्नुलगायतका कारणले सरकारी कार्यालयको पूँजीगत खर्च र विकास बजेट खर्च हुन नसकेको प्रमुख उप्रेतीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ जेठ २०८०, १६ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खुले सरकारी कार्यालय, आजदेखि ४ बजे नै बन्द हुने
निमित्त प्रमुखको भरमा लमजुङका अधिकांश सरकारी कार्यालय