काठमाडौ । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियामा पानीजहाज (सिप बिल्डिङ) निर्माणको क्षेत्रमा काम गर्न सात सय नेपाली श्रमिकको आवेदन परेको छ ।
दक्षिण कोरिया मानव संसाधन विभाग (एचआरडी) ले यसअघि कोरिया जान रोस्टरमा परेकामध्येबाट एक हजार दुई सय माग गरेकामा सात सयको मात्रै आवेदन परेको हो ।
एचआरडी कोरियाले दक्षिण कोरिया पानीजहाज निर्माण क्षेत्रमा काम गर्न तीन हजार नेपाली श्रमिकको माग गरेकामा एक हजार दुई सय यसअघि रोस्टरमा परेकामध्येबाट र एक हजार आठ सय जना नयाँ माग भनेको छ तर कोरिया जानका लागि यसअघि नै रोस्टममा परेकाबाट मागभन्दा पाँच सय कमको आवेदन परेकाले दुुई हजार तीन सय जना नयाँबाट आवेदन माग गरिने वैदेशिक रोजगार विभाग (इपिएस) शाखाले जनाएको छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०२ जेठ २०८०, ०८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरिया जाने भाषा परीक्षामा तीन हजारभन्दा बढी उत्तीर्ण
निजी क्षेत्रमार्फत कोरिया पठाउने तयारी
भाषा परीक्षा पास गरेकाहरूलाई छिटो कोरिया पठाइदिन माग
अब मेनपावरले पनि कोरियामा कामदार पठाउन पाउने (कार्यविधि)
ईपीएसमार्फत कोरिया जाने श्रमिकको कोटा थप
कोरियाले अब वन र सेवा क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने