थप २१ जनामा कोरोना संक्रमण पुष्टि

सफल खबर संवाददाता

सोमबार, ०१ जेठ २०८०, १६ : ३५
थप २१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ९१ जनाको नमुनामध्‍ये २५२ जनाको पीसीआर परीक्षण गर्दा १४ जना र ८३९ जनाको एन्टीजेन परीक्षण गर्दा ७ जना गरी २१ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ११२ पुगेको छ भने संस्थागत आईशोलेशनमा ९ जना, आईसीयूमा १ र भेन्टिलेटरमा १ जना उपचाररत छन् । यस्तै सोमबार मात्रै २२ जना कोरोनाबाट निको भएर घर फर्किइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस