भक्तपुर । शिक्षा सकारात्मक परिवर्तनका लागि हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । उनीहरुले यही उद्देश्यलाई ध्यानमा राखी शिक्षा दिनुपर्ने आवश्यकता औंल्याए । एभरेष्ट स्कुल मिवाछें व्यासी भक्तपुरको नवआगन्तुक विद्यार्थीको स्वागतमा शनिबार गरेको कार्यक्रमका वक्ताहरुले शिक्षालाई व्यापार बनाउन नहुने बताए ।
राष्टिय गानका सर्जक प्रदीपकुमार राई (ब्याकुल माइला)ले शैक्षिक संस्थाहरु व्यापार गर्ने थलो नभएको बताए । प्रमुख अतिथि माइलाले शैक्षिक संस्थाहरु नै इमान्दार नभएपछि अरु क्षेत्रहरु इमान्दार हुन नसक्ने बताए । कति शैक्षिक संस्थाहरु शिक्षा दिनुभन्दा पनि धन कमाउने उद्देश्यले खोलिएको चर्चा गर्दै उनले विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनुपर्ने आवश्यकता औंल्याए । यही कारण आफना नानीहरु भर्ना गर्दा स्कुलको बोली होइन, व्यवहार हेर्न उनले अनुरोध गरे ।
भक्तपुर नगरपालिका नगर शिक्षा प्रमुख कृष्णप्रसाद कर्माचार्यले नगरपालिकाले नयाँंवर्ष २०८० को क्यालेण्डर सार्वजनिक गरी त्यही अनुसारको वार्षिक शैक्षिक योजना सार्वजनिक गरिसकेको जनाए । शिक्षा विकास तथा समन्वय एकाई (पहिलाको जिल्ला शिक्षा कार्यालय) का प्रमुख रमेशप्रसाद मैनालीले ससाना नानीहरुको पहिलो शिक्षा स्कुलबाट नै पाउने भएकोले संस्कारयुक्त शिक्षा दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य, स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीलगायतले असल बन, असल गर भन्ने मूल नारालाई आत्मसाथ गरी शैक्षिक क्रियाकलापहरु सञ्चालन गर्दै आएको जनाए । कार्यक्रममा स्कुलका छात्रछात्राहरुले साँंस्कृतिक कार्यक्रम गरी मनोरञ्जन दिलाएका थिए । साथै अन्य विभिन्न खेलहरु पनि देखाइएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३० बैशाख २०८०, १८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाठ्यपुस्तक पुनः प्रयोगमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह
शिक्षा मन्त्रालयले विद्यार्थीको सिकाइ उपलब्धिलाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्ने
स्वचालित विधिबाट तोकियो कक्षा १२ को परीक्षा केन्द्रहरू
शिक्षामा थपिएको सृजनाले विद्यार्थी उत्साहित
कन्सल्टेन्सी सञ्चालन गर्न धरौटी बुझाउनु पर्ने
टेरामक्स प्रविधिको आवश्यकता र औचित्यबारे स्पष्ट दृष्टिकोण पेश गर्न मन्त्रालयलाई निर्देशन