ध्यान गर्न नेपाल आएका आमिर खान पुनः आउने बाचा गर्दै फर्किए भारत

सफल खबर संवाददाता

शुक्रबार, २९ बैशाख २०८०, १५ : ०१
ध्यान गर्न नेपाल आएका आमिर खान पुनः आउने बाचा गर्दै फर्किए भारत

काठमाडौँ। विपाश्यनाका लागि नेपाल आएका आमिर खान ध्यानलाई बीचमा छोडेर भारत फर्किएका छन् । आइतबार नेपाल आएका उनी शुक्रवार बिहान १०स्५० बजे इन्डिगो एयरलाइन्सबाट भारत फर्किएका हुन् ।   बुढानीलकण्ठस्थित विपाश्यना ध्यान केन्द्रका सुशील शाहले उनी ध्यानलाई बीचमा नै छोडेर स्वदेश फर्किएको पुष्टि गरेका छन् ।  आमिर किन एकाएक भारत फर्किए भनेर सोधिएको प्रश्नमा उनले मुम्बईबाट साथी बितेको खबर आएपछि ध्यानलाई बीचमा नै छोडेर भारत फर्किएको बताए।

‘उनको ध्यान सकिन अझै पाँच दिन बाँकी थियो तर मिल्ने साथीको देहान्तको खबर पाएपछि उनले यसलाई बीचमा नै रोक्ने निर्णय गरे । उनी छिटोभन्दा छिटो मुम्बई फर्कन चाहन्थे,’ उनले भने ।‘फर्किने बेलामा आमिरले पुनः आउने बाचा गरेका छन् । अर्को पटक परिवारसहित आउने इच्छा देखाउँदै उनी हामीबाट बिदा भए,’ सुशीलले भने।

प्रतिक्रिया दिनुहोस