काठमाडौं । सोशल मिडिया प्लेटफार्म ट्वीटरका सीईओ एलन मस्कले पद छोड्ने घोषणा गरेका छन् ।एलन मस्कले ट्विटका लागि नयाँ सीईओ चयन गरेको पनि जनाएका छन् । मस्कले बिहिवार एक ट्विटमा भनेका छन् कि ‘मैले टविटरको लागि नयाँ सिइयो नियुक्त गरेको छु भनेर घोषणा गर्न पाउँदा उत्साहित छु। उनी ६ हप्तावाट काममा हुनेछिन् ।’ उनले आफु कार्यकारी प्रमुखको रुपमा रहने र सफ्टवेयरको काम लागि खटिने जनाएका छन् ।
उनले कसलाई टविटरको नयाँ सिइयो नियुक्ती गरेको हो ? त्यो भने खुलाएका छै्रनन । यद्धपी, टविटरको नयाँ सिइयोमा महिला आउने भने उनले संकेत गरेका छन ।सम्भवतः एनबीसीयुनिवर्सलकी लिंडा याकारिनो टविटरको नयाँ सिइयोको रुपमा आउने सक्ने जनाईएको छ । गत डिसेम्बरमा उनले टविटरको सिइयो छाडने घोषणा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ बैशाख २०८०, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
म ट्रम्पको प्राविधिक सहयोगी मात्रै हुँ : मस्क
मैले जर्बजस्ती सरकार कब्जा गरेको छैन : मस्क
यूएसएडविरुद्ध खनिए एलन मस्क- आपराधिक संस्था भन्दै मर्ने समय आएको दाबी
एक्समा एलन मस्कले फेरे आफ्नो नाम
एलन मस्कसँग प्रधानमन्त्रीको भर्चुअल संवाद
चुनाव जितेपछि ट्रम्पले गरे मस्कसँग पार्टी