काठमाडौं । अभिनेता पल शाहले आफूले भोगेको कैदी जीवनमाथि आफ्नै निर्देशन र अभिनयमा तयार पारेको म्यूजिक भिडियो मार्फत कमब्याक गरेका छन् । उनले ‘तिमीलाई हेर्ने बानी पर्यो’ बोलको गीतमाथि बनेको म्युजिक भिडियो बिहीबार सार्वजनिक गरेका हुन् । उक्त गीत उनले आफ्नै च्यानल मार्फत सार्वजनिक गरेका छन् ।
अणु चौधरीको स्वर तथा पुष्प प्रधानको शब्द र संगीत रहेको गीतको एरेन्ज योगेश काजीले गरेका छन् । भिडियोमा पलको आमाको भूमिकामा सूर्यमाला खनाल, बुबाको भूमिकामा प्रकाश अधिकारी, बहिनीको भूमिकामा प्रिन्सु तिवारी र प्रेमिकाको भूमिकामा सुनिसा भट्टराईको अभिनय रहेको छ ।
भिडियोमा पलले हथकडी लगाएकोदेखि उनको रिहाइको कामना गर्दै परिवार, साथीभाई, विभिन्न धार्मिक समुदायका मानिसहरुले गरेको पूजाआजा र प्रार्थनालाई देखाइएको छ । नाबालिग बलात्कारको आरोपमा १ वर्ष जेल जीवन बिताएका शाह गत फागुन १५ गते जेल जीवनबाट मुक्त भएका थिए ।
भिडियोको स्क्रिनमा लेखिएको छ, ‘नेपालमा करिब २८ हजार कैदीबन्दी कारागारमा रहेका छन् । कोही दोषी नउम्किउन् । कोही निर्दोष नफसुन् । स्वतन्त्र न्यायपालिकाप्रति हाम्रो उच्च सम्मान ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ बैशाख २०८०, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पल शाह र प्रताप दाससंँगै झुम्यो दुवई
‘रावायण’को दोस्रो पोस्टरमा यस्तो देखिए पल शाह र पूजा शर्मा
पल शाह स्टारर फिल्म ‘रावायण’को फर्स्टलुक सार्बजनिक
पुजार सार्की मेरो लागि निकै महत्त्वपूर्ण छ : पल शाह