नेपाल आए भारतका अभिनेता आमिर खान

सफल खबर संवाददाता

आइतबार, २४ बैशाख २०८०, १२ : ३३
नेपाल आए भारतका अभिनेता आमिर खान

काठमाडौँ । भारतका चर्चित अभिनेता आमिर खान नेपाल आएका छन् । भिस्तारा एयरलाइन्सको यूके १५१ विमानबाट उनी आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् । पूर्वराज्यमन्त्री एवं उद्योगी रूप ज्योतिले उनी नेपाल आएको जानकारी दिए ।

एयरपोर्टबाट खान सिधै बूढानीलकण्ठतिर लागेका छन् । त्यहाँस्थित विपश्यना केन्द्रमा उनले १० दिन ध्यान गर्ने बताइएको छ । बलिउडमा कयौ हिट फिल्म दिएका आमिरको नेपालमा पनि थुप्रै फ्यान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस