टेक्सास । अमेरिकाको टेक्सास राज्यमा ट्रकको ठक्करमा परी एक नेपाली महिलाको मृत्यु भएको छ । रक्डेल सिटीनजिकै ट्रकले ठक्कर दिए पछि घाइते भएकी प्रमीला सुवेदीको निधन भएको हो ।
उनी एनआरएन आइसीसीको अमेरिकाका क्षेत्रीय उपसंयोजक रामकुमार सुवेदीकी धर्मपत्नीसमेत हुन् । रक्डेल सिटीनजिकै छोरालाई विश्वविद्यालय पुर्याएर फर्किने क्रममा प्रमीलाले आफैले चलाएको कारलाई बिहीबार साँझ ट्रकले ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाइते ४७ वर्षीय सुवेदीको घटनास्थलमै मृत्यु हुनु पुगेको जनाइएको छ ।
दुई दशकदेखि सुवेदी दम्पती अमेरिकाको टेक्सासमा बस्दै आएका थिए। उनीहरूको सन्तानको रूपमा दुई छोराहरू रहेका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २३ बैशाख २०८०, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकामा सरकारी कर्मचारी हटाउन मस्कको अर्को निर्णय
चीनले पनि अमेरिकाबाट आयात हुने सामानमा १० प्रतिशत कर लगायो
अमेरिकाकी संसदमा जन्मजात नागरिकतामाथि रोक लगाउने विधेयक पेस
अमेरिकामा टिकटक बन्द, खरिद गर्न नपाएपछि लगाइयो प्रतिवन्ध
अमेरिकामा हिमआँधीका कारण पाँच जनाको मृत्यु
अमेरिकामा भीषण हिमआँधीपछि आपत्काल घोषणा