काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले एचआईभी एड्स संक्रमितलाई विभेद नगर्न आग्रह गरेको छ । बिहीवार काठमाडौंमा आयोजित एचआईभी एड्स संक्रमितहरुको मानव अधिकारको सम्बन्धमा आयोजित कार्यशाला गोष्ठिमा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारी खरेलले एचआईभी एड्स संक्रमितलाई विभेदपूर्ण व्यवहार नगर्न आग्रह गरेका हुन् ।
उनले आयोगले विभिन्न क्षेत्रमा गरेको अध्ययन अनुसार एचआईभी संक्रमितहरुले सरकारी तथा सार्वजनिक निकायहरुमार्फत विभेद भोगिरहेका पाइएको बताए । उनले विभेदमा परेकाहरुले प्रहरीमा उजुरी गर्न आग्रह पनि गरे । प्रहरीले नहेरेको खण्डमा मानव अधिकार आयोगमा उजुरी गर्न उनले आग्रह गरे । उनले भने, ‘सरकारी निकायबाट प्रत्यक्ष रुपमा हुने विभेद र लाञ्छनाका विषयहरु आयोगको क्षेत्राधिकार भित्र पर्छ । आयोगमा जानकारी गराउन हामी अनुरोध गर्छौ । साथै व्यक्तिगत तहमा हुने विभेद अपराधको विषय हो । प्रहरीले त्यो विषय हेरेन भनेपनि आयोगले हेर्छ । दण्डनीय हुने कुरालाई लुकाएर हुँदैन ।’
उनले एचआईभी संक्रमितलाई परिवार, समुदाय र विद्यालयहरुमा मात्रै नभई राजनीतिक क्षेत्रमा पनि विभेद हुने गरेको उल्लेख गरे । त्यसैगरी कार्यक्रममा बोल्दै नेपाल प्रहरीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले कसैले भेदभाव गरेको भए पीडितलाई प्रहरीकहाँ उजुरी गर्न आग्रह गरे ।
उजुरी उपर कठोरताका साथ कारबाही गरिने उनले बताए । उनले नेपाल प्रहरीले चलाइरहेको अल्पसंख्यकसँग नेपाल प्रहरी भन्ने कार्यक्रममा एचआईभी संक्रमितलाई पनि अल्पसंख्यक मानेर समावेश गराउने प्रतिवद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ बैशाख २०८०, १३ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दशैँ बिदामा मानव अधिकार आयोग खुला रहने
विवादित व्यक्तिहरूलाई सार्वजनिक पदमा नियुक्ति नगर्न आयोगको निर्देशन
यातना पीडितहरुको न्यायमा पहुँच सुनिश्चित गर्न आयोगको आग्रह
रूवी खानसँग भएका सम्झौता कार्यान्वयनको प्रगति माग्दै गृहलाई आयोगको पत्र
विपद् जोखिम न्यूनीकरणमा संवेदनशील बन आयोगको आग्रह
अपाङ्गता भएका व्यक्तिको प्रदर्शनमा दमन नगर : मानव अधिकार आयोग