नक्कली शरणार्थी बनाएर ठगि गर्ने जोकोही भएपनि कारबाही गर्न महामन्त्री थापाले गराए सरकारको ध्यानाकर्षण

सफल खबर संवाददाता

विहीबार, २१ बैशाख २०८०, ११ : ४९
नक्कली शरणार्थी बनाएर ठगि गर्ने जोकोही भएपनि कारबाही गर्न महामन्त्री थापाले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी बनाएर ठगि गर्ने उच्च ओहोदाको व्यक्ति भएपनि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । थापाले गृह प्रशासनको कार्यको प्रशंसा गर्दै नक्कली भुटानी शरणार्थी बनाउने कार्य घटना मात्र नभई प्रवृत्ति पनि भएको उल्लेख गरेका छन् ।

‘अझै गहिरोसँग अनुसन्धान होस् । कोही नछुटुन,’ थापाले टिव्टमा लेखेका छन्,’संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्, कानून भन्दा माथि कोही हुँदैन ।’नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगी प्रकरणको अनुसन्धानका क्रममा ‘ठगिीगिरोहको भीआईपी जालो’ उजागर हुँदै गएको उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस