एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा राजस्थान रोयल्सले चेन्नाई सुपर किंग्सलाई ३२ रनले हराएको छ ।
पहिले ब्याटिङ गर्दै राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०२ रनको योगफल तयार पारेको थियो । जितका लागि २०३ रनको लक्ष्य पछ्याएको चेन्नाईले ६ विकेटको क्षतिमा १७० रनमात्र बनाउन सक्यो ।
यो जितसँगै राजस्थान अंक तालिकाको पहिलो स्थानमा पुग्न सफल भएको छ । यस्तै चेन्नाई पहिलो स्थानबाट तेस्रो स्थानमा झरेको छ ।
राजस्थानको जितमा सबैभन्दा धेरै यशस्वी जयसवालले ७७ रन बनाए । ४३ बलमा उनले ८ चौका र ४ छक्का प्रहार गरेका थिए ।
यसैगरी ध्रुव जुरेलले ३४ तथा जस बटलर र देवदूत पाडिक्कलले समान २७ रन बनाए । सन्जु सामसनले १७ रन जोडे ।
चेन्नाईका लागि तुशार देशपाण्डेले २ विकेट लिए । जवाफी ब्याटिङ गर्ने क्रममा चेन्नाईका लागि शिवम दुवेले अर्धशतक बनाए । ३३ बल सामना गरेका उनले ४ छक्का र दुई चौकाको मद्दतमा ५२ रन बनाएका हुन् ।
ऋतुराज गायकवाडले २९ बलमा ४७ रन बनाए भने मोइन अली र रविन्द्र जडेजाले समान २३ रन बटुले । अजिंक्या रहाने १५ रन बनाएर आउट भएका थिए ।
बलिङतर्फ राजस्थानका आदम जाम्पाले ३, रविचन्द्र आश्विनले २ र कुलदीप यादवले १ विकेट लिए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, १५ बैशाख २०८०, ०८ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईपीएल: रोयल च्यालेन्जर्स बेंगलुरुले चेन्नई सुपर किंग्सलाई हरायो
आईपीएल : सनराइजर्सको आक्रामक ब्याटिङ लाइन नचल्दा लखनउको शानदार जित
आईपीएल : डि ककको शानदार ब्याटिङमा राजस्थानविरुद्ध कोलकाता आठ विकेटले विजयी
आईपीएल: गुजरातलाई पराजित गर्दै पञ्जाव विजयी
आईपीएल: लखनउविरुद्ध दिल्लीको रोमाञ्चक जित
आईपीएलको पहिलो खेलमा आरसीबीले केकेआरलाई हरायो