काठमाडौं । इजरायल पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गर्ने महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका-७ स्थायी घर भई हाल काठमाडौंको कपन बस्ने हरीकला दाहाल रहेको प्रहरीले जनाएको छ ।
पाँच जनालाई वैदेशिक रोजगारीको लागि इजरायल पठाइदिन्छु र ‘कन्स्ट्रक्सन’ मा काम लगाइदिन्छु भनी प्रलोभनमा पारी पटक पटक गरी ४८ लाख रुपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौंको चाबहिलबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १२ बैशाख २०८०, २० : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
साइबर अपराधको आरोपमा एक महिला पक्राउ
बालिका तथा युवतीलाई जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा महिला पक्राउ
नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना महिला पक्राउ
७० ग्राम सुनसहित विमानस्थलबाट एक महिला पक्राउ
नाबालिकाहरुलाई वेश्यावृत्तिमा लगाउने महिला पक्राउ