काठमाडौं । साइबर अपराधको आरोपमा एक महिला पक्राउ परेकी छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका–१३ की कुमारी जानकी पक्राउ परेकी हुन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतको सहयोगमा उनलाई सुर्खेतबाट पक्राउ गरी केन्द्रीय साइबर ब्यूरो ल्याइएको छ ।
पक्राउ परेकी महिलाविरुद्ध साइबर अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको ब्यूरोका एसपी तथा प्रवक्ता दीपकराज अवस्थीले जानकारी दिए ।
उनले सामाजिक सञ्जालमार्फत एक महिलाको चरित्र हत्या गरेको आरोप छ । पीडित महिलाले ब्यूरोमा जाहेरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ कार्तिक २०८१, १६ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बालिका तथा युवतीलाई जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा महिला पक्राउ
नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना महिला पक्राउ
७० ग्राम सुनसहित विमानस्थलबाट एक महिला पक्राउ