धनुषा।नेकपा (एकिकृत समाजवादी)पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टी तत्काल कुनै पनि पार्टीसँग एकता गर्ने पक्षमा नरहेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा शनिवार जनकपुरधाममा आयोजना हुने लागेको कार्यक्रममा सहभागी हुन जनकपुरधाम आइपुगेका सम्मानित नेता खनालले तत्काल कुनै पनि पार्टीसँग एकता गर्ने पक्षमा नरहेको बताएका हुन् ।
जनकपुरधाम विमानस्थलमा पत्रकारसँगको कुराकानीमा उनले मिलेर जाने कुरा बेग्लै भएपनि नेकपा एकिकृत समाजवादीले तत्काल कसैसँग पार्टी एकीकरण गर्ने सम्भावना नरहेको स्पष्ट पारे ।उनले आफनो पार्टी अधिवेशन र महाधिवेशनको तयारीमा रहेको समेत बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ बैशाख २०८०, १२ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बिआरआई नेपालको सर्वोत्तम हितमा छः पूर्वप्रधानमन्त्री खनाल
सत्ता गठबन्धन दायाँबायाँ गर्ने पक्षमा छैनौँ : झलनाथ खनाल
एकीकृत समाजवादीले पूर्वप्रधानमन्त्री खनाललाई तोक्यो इलाम–२ को कमान्डर
समाजवादी बालुवाटारबाट आउँदैन, सडक संघर्ष गरौँ : पूर्वप्रधानमन्त्री खनाल