काठमाडौं । लामो समयदेखि अभिनय क्षेत्रबाट टाढा रहेकी अभिनेत्री गरिमा पन्त फेरि आमा बन्ने भएकी छन् । उनले सो कुराको जानकारी आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत छोरी र श्रीमासँगको तस्बिर सार्वजनिक गर्दै दिएकी हुन् ।
२०७८ सालमा पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिइ सकेकी गरिमाले नयाँ वर्षको अवसर पारेर आफू फेरि आमा बन्न लागेको तस्बिरमार्फत बताइन् । उनले इन्स्टाग्राममा लेखेकी थिइन्, ‘नयाँ वर्षको उमङ्गसँगै नयाँ खुशीको आगमनले हर्षित बनेका छौं, गतिशील समय प्रगतिशील बनोस सबैमा शुभकामना । ’’
गरिमाले बिहीबार सार्वजनिक गरेको तस्बिरमा उनको ‘बेबी बम्प’ स्पष्ट देखिएको थियो । विगत लामो समयदेखि उनी श्रीमान र छाेरीसँग बेल्जियममा बस्दै आएकी छन् ।गरिमाको करिअरको अन्तिम उत्कृष्ट चलचित्रको रुपमा ‘झोला’लाई लिइन्छ । यो चलचित्रबाट उनले राष्ट्रिय अवार्डदेखि सार्क अवार्डसम्म जित्न सफल भएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०८ बैशाख २०८०, ११ : ५६
लेखकबाट थप