काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत चैत्र २९ गते देखी निष्काशन खुल्ला गरेको ऋणपत्र पूर्ण रुपमा बिक्री भएको छ । बैंकले निष्काशन गरेको “११% महालक्ष्मी डिवेन्चर –२०८९” तोकिएको समय भित्रै अर्थात बैशाख ४, २०८० भित्रै पूर्ण रुपमा बिक्री भएको बैंकले जनाएकाे छ ।
दश बर्ष अवधि तथा वार्षिक व्याजदर एघार प्रतिशत भएको “११% महालक्ष्मी डिवेन्चर –२०७९” प्रति त्रृmणपत्र एक हजार रुपैँया अंकित मुल्यका दश लाख कित्ताले हुन आउने जम्मा रकम रु. एक अर्ब रुपैयाँ बराबरको क्रृणपत्रमध्ये साठी प्रतिशत रकम व्यक्तिगत तवरबाट र चालिस प्रतिशत रकम सर्वसाधारण नेपालीहरुको लागि सार्वजनिक निष्काशनबाट बिक्रीका लागि खुल्ला गरिएको थियो ।
इच्छुकले न्यूनतम २५ कित्तादेखि अधिकतम ४ लाख कित्ता सम्मको लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको उक्त ऋणपत्र खरीदका लागि छिटोमा बैशाख ४ गते र ढिलोमा बैशाख १३ गतेसम्म आवेदन दिइसक्नुपर्ने व्यवस्था गरिएको थियो । यस बैंकको ऋणपत्र तोकिएको छिटो अवधि अर्थात बैशाख ४ गते नै डेढ गुणाले भन्दा बढी खरिद भएको हो । क्रृणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एन आई सी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको थियो ।
समय अवधि अगावै पूर्ण रुपमा बिक्रि हुन सफल भएकोमा बैंकले सम्पूर्ण संस्थागत तथा व्यक्तिगत लागानिकर्ताहरुलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्रनुका साथै ऋणपत्र प्रतिको आकर्षण र बैंकप्रतिको विश्वासका लागि बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हार्दिक कृतज्ञता व्यक्त गरे ।
“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालयहरु र करिब ७ लाख ग्राहकहरु रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ बैशाख २०८०, ११ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महालक्ष्मी विकास बैंकले ३ प्रतिशत बोनस सेयर वितरण गर्ने
महालक्ष्मी विकास बैंकद्वारा अटिजम सिकाई केन्द्रलाई सहयोग
महालक्ष्मी विकास बैंक र राउण्ड टेबल नेपालबीच सहकार्य
महालक्ष्मी विकास बैंक र जे.बी अटोमोटिभ कम्पनीबीच समझदारी पत्रमा हस्ताक्षर
महालक्ष्मी विकास बैंकको २०८१ सालको भित्तेपात्रो प्रकाशन
महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरण