काठमाडौं । उद्योगी, व्यवसायीले व्याजदर घटाउन माग गरिरहेको अवस्थामा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्याजदर बजारले निर्धारण गर्ने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री प्रकाशशरण महतले व्याजदर घटाउन राष्ट्र बैंकलाई निर्देशन दिएको बताएका छन्। गभर्नर अधिकारीले मंगलबार आयोजना गरेको पत्रकार भेटघाटमा अर्थतन्त्र सुधार उन्मुख भएको बताउँदै बैंकको व्याजदर पनि बजारले निर्धारण गर्ने बताए।
‘२०४६ सालदेखि ब्याजदर निर्धारण बजारलाई छाडिएको छ,’ अधिकारीले भने, ‘ब्याजदर बढाउन वा घटाउन राष्ट्र बैंकको खासै भूमिका हुँदैन। डिमान्ड एन्ड सप्लाइले मात्रै ब्याजदर निर्धारण गर्छ।’
केन्द्रीय बैंकका अधिकारीले चाहँदैमा ब्याजदर घट्ने वा बढ्ने नहुने उनको तर्क छ। २०६९ असारमा १३।६ प्रतिशत ब्याजदर पुगेको बताए। अर्थतन्त्र स्ट्रेसमा रहेको भए पनि सुधारोन्मुख भएको उनको जिकिर छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ चैत्र २०७९, १० : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाँस सम्मेलनले हरित अर्थतन्त्रको प्रवर्द्धन गर्न सहयोग पुर्याउँछ : गभर्नर अधिकारी
नेपालको वित्तीय अवस्था सन्तोषजनक छ : गभर्नर अधिकारी
यो वर्ष अर्थतन्त्र सकारात्मक तवरले अगाडि बढ्छ : गभर्नर अधिकारी
विश्व बजारमा मूल्यवृद्धि हुँदा नेपालमा प्रभाव पर्यो : गभर्नर अधिकारी
यस्तो छ आर्थिक वर्ष २०८१–०८२ को मौद्रिक नीति (पूर्णपाठसहित)
अर्थ समितिको बैठक बस्दै, गभर्नरसँग छलफल गर्दै