वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ

सफल खबर संवाददाता

मंगलबार, २८ चैत्र २०७९, १८ : ४६
वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ

काठमाडौं । वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ परेका छन् । 

पत्नी आरती गिरी रावलले दिएको वैवाहिक बलात्कारको जाहेरीको आधारमा उनलाई मंगलबार सामाखुसीबाट प्रहरीले पक्राउ गरेको हो । 

कपिलवस्तु जिल्ला अदालतले दिएको अनुमतिका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । गत साता अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । विवादमा परेपछि उनलाई न्यायपरिषद्मा तानिएको थियो । 

प्रतिक्रिया दिनुहोस