न्यायाधीश भुवन गिरी दोषी ठहर

सफल खबर संवाददाता

आइतबार, १३ जेठ २०८१, २० : १९
न्यायाधीश भुवन गिरी दोषी ठहर

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले न्यायाधीश भुवन गिरी बलात्कार मुद्दामा दोषी ठहर भएका छन् ।

न्यायाधीश दुर्गाबहादुर भुषालको इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै सजाय निर्धारणका लागि छुट्टै पेशी तोक्न आदेश गरेको काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

शर्माका अनुसार अब उनलाई सजाय निर्धारणका लागि २८ जेठमा फेरि अर्को सुनुवाइ हुनेछ ।