योग्यताको आधारमा विद्यार्थी भर्ना गर्न अनेरास्ववियुको माग

सफल खबर संवाददाता

मंगलबार, २८ चैत्र २०७९, १६ : ४७
योग्यताको आधारमा विद्यार्थी भर्ना गर्न अनेरास्ववियुको माग

काठमाडौँ । अनेरास्ववियुले चिकित्सा शिक्षा पढ्न मेरिटबेसको आधारमा विद्यार्थी भर्ना माग गरेको छ । चिकित्सा शिक्षा आयोगलाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुले एकीकृत प्रवेश परीक्षामा पास भएका विद्यार्थीहरूलाई मेरिटको आधारमा भर्ना गर्न माग गरेको हो ।

काठमाडौँ । अनेरास्ववियुले चिकित्सा शिक्षा पढ्न मेरिटबेसको आधारमा विद्यार्थी भर्ना माग गरेको छ । चिकित्सा शिक्षा आयोगलाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुले एकीकृत प्रवेश परीक्षामा पास भएका विद्यार्थीहरूलाई मेरिटको आधारमा भर्ना गर्न माग गरेको हो ।अनेरास्ववियु अध्यक्ष समिक बडालले जारी गरेको ज्ञापनपत्र आयोगलाई बुझाउँदै एमडी, एमबीबीएस लगायतका शैक्षिक कार्यक्रममा योग्यताक्रम अनुसार नै विद्यार्थी भर्ना गर्न माग गरेका हुन् ।

 

अनेरास्ववियुका केन्द्रीय सचिव डा. सुजन कडरिया, अनेरास्ववियु चिकित्सा विद्यार्थी राष्ट्रिय कमिटीका अध्यक्ष पुष्पराज भाम लगायतले आयोगको ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका छन् ।एकीकृत प्रवेश परीक्षाको नतिजा अनलाइन प्राथमिकता निर्धारणका आधारमा हुनेछ भनेर चिकित्सा शिक्षा ऐनले स्पष्ट उल्लेख गरेको छ । तर, आयोगले योग्यताअनुसार भन्दा पनि अन्तिमबाट विद्यार्थी भर्ना गराउन लागेको भन्दै सच्याउन माग गरिएको अध्यक्ष भामले बताए ।