गठबन्धनको सरकारबाट देश विकासको सम्भावना छैन : पृथ्वीसुव्वा गुरुङ

सफल खबर संवाददाता

मंगलबार, २१ चैत्र २०७९, ११ : ०६
गठबन्धनको सरकारबाट देश विकासको सम्भावना छैन : पृथ्वीसुव्वा गुरुङ

सुर्खेत । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुव्वा गुरुङले सरकारले हनिमुन बिताइसके पनि मन्त्रीपरिषद् लाई पूर्णता दिन असफल भएको बताएका छन् । सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले दक्षिणपन्थी गठबन्धनको सरकारबाट देश विकासको सम्भावना नरहेको बताउँदै उनले भूराजनीतिक अवस्था अझ जटिल बन्दै गइरहेको बताए ।

उनले भने,'देशको आर्थिक, सामाजिक क्षेत्र निकै कमजोर भइरहेको छ, तर सरकाले ध्यान दिएको छैन । एमालेसामु यस्ता खालका विषयमा रचनात्मक कामहरू गर्ने जिम्मेवारी रहेको छ।'

भीम रावलको  विवादबारे उनले ग्रासरुट अभियान र निर्वाचनमा असहयोग भएको बताए ‌। रावललाई मूल प्रवाहमा ल्याउनका लागि वार्ता टोली बनाइएको उनले बताए।उनले अब एमाले सरकार बनाउने र ढाल्ने पक्षमा नरहेको दाबी समेत गरे ।

प्रतिक्रिया दिनुहोस