काठमाडौं । पाइलट बिरामी भएपछि नेपाल एयरलाइन्सको काठमाडौं–दुबई उडान ११ घण्टा ढिलो भएको छ।
शनिबार राति १२ बजेट उड्नु पर्ने नेपाल वायु सेवा निगमको आर ए २२९ उडान नम्बरको विमान आइतबार बिहान ११ बजे मात्र मात्र उडेको हो । निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेले उक्त उडानमा तोकिएका एक पाइलटले बिरामी भएको जानकारी गराएपछि विकल्पमा अर्को पाइलट समेत उपलब्ध नहुँदा उडान ११ घण्टासम्म ढिलो हुन पुगेको बताए ।
वाइडबडी उक्त विमानबाट २ सय ६६ जना यात्रुले दुबई उड्न बोर्डिङ पास लिएका थिए । उनीहरुलाई राति विभिन्न होटेलमा राखेर बिहान विमानस्थल पुर्याइएको थियो । काठमाडौं–दुबई–काठमाडौंको उडान रद्द हुँदा दुवैतर्फ करिब ५ सय ४३ यात्रु जना अलपत्र परेका थिए ।
निगम स्रोतका अनुसार दुबईबाट आइतबार बिहान ४ बजे काठमाडौंका लागि तय भएको यही विमानको उडान पनि रद्द गरिएको थियो । उक्त उडानबाट काठमाडौं आउने यात्रुलाई पनि दुबईमा रहेको निगमको स्टेशले निगमकै खर्चमा होटलमा राखेको जनाइएको छ ।
अन्तिम समयमा यात्रुहरुले विमान नउडाएकोमा विमानस्थलमा नाराबाजी गर्दै निगम व्यवस्थापनको विरोध समेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ चैत्र २०७९, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल एयरलाइन्सको जहाजमा अचेत भेटिएका यात्रुको उपचारका क्रममा निधन
नेपाल एयरलाइन्सका पाइलटहरू काममा फर्किए
नेपाल एयरलाइन्सको मकालु विमानले सुरु गर्यो अन्तर्राष्ट्रिय उडान
नेपाल एयरलाइन्सका अन्तर्राष्ट्रिय गन्तव्यको उडान तालिका परिवर्तन
अन्तर्राष्ट्रिय उडान गर्ने जहाजबाट भैरहवामा यात्रु ओसार्दै नेपाल एयरलाइन्स
नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय टिकट विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि बिक्री गर्ने