काठमाडौँ । नेपाली कांग्रेसले टीआरसी अर्थात बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल गरेको छ । कांग्रेस संसदीय दलको आयोजनामा मंगलबार सिंहदरबारमा विज्ञहरुले कांग्रेस सांसदहरूलाई प्रशिक्षण दिइरहेका छन् । जसअनुसार बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पूर्वसदस्य गंगाधर अधिकारीले आयोगबाट हालसम्म भएका र अब गर्नुपर्ने विषयमा प्रकाश पार्ने कार्यक्रम रहेको छ ।
यस्तै संवैधानिक कानुन व्यवसायी मञ्चका पूर्वअध्यक्ष राजु चापागाईँले ऐनमाथिको संशोधनको आवश्यकता र अन्तर्राष्ट्रिय सन्दर्भबारे केन्द्र्रित रहेर प्रशिक्षण दिँदा सत्य निरुपण तथा मेलमिलाप आयोगका पूर्वअध्यक्ष गणेशदत्त भट्टले आयोगले गरेका काम, अबको बाटो र कानुनमा अन्तर्राष्ट्रिय चासोबारे केन्द्रित रहेर कार्यपत्र प्रस्तुत गर्ने कांग्रेसले जनाएको छ । यसैगरी वरिष्ठ अधिवक्ता राधेश्वाम अधिकारी र कांग्रेस नेता डा मिनेन्द्र रिजालले संसदमा प्रस्तुत सशोधन विधेयकको आवश्यकताबारे प्रशिक्षण दिने कांग्रेसले जनाएको छ। टीआरसीबारेको विधेयक संसदमा विचाराधीन रहेको अवस्थामा कांग्रेसले आन्तरिक छलफल गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ चैत्र २०७९, १५ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निजामती ऐन बनाउन धेरै समय लागेको भन्दै सांसद थानीले गराए संसदीय समितिको ध्यानाकर्षण
कांग्रेस सभापति देउवाको बैंकक भ्रमणप्रति ओली शसंकित
आन्दोलनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन महामन्त्रीद्वयलाई देउवाको निर्देशन
ओली नेतृत्वको सरकारले गति बढाउनुपर्ने काँग्रेसको निष्कर्ष
कांग्रेसको महिला संघमा भाँडभैलौ, २० जनाले दिए राजीनामा
अधिवेशन गर्न नसकेका भ्रातृ संस्थाहरू भंग गर्ने काँग्रेसको तयारी