च्यास्मिटार–डिकुवा–कुर्लेघाट सडक कालोपत्रे हुने

सफल खबर संवाददाता

मंगलबार, १४ चैत्र २०७९, ११ : ००
च्यास्मिटार–डिकुवा–कुर्लेघाट सडक कालोपत्रे हुने

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको ‘च्यास्मिटार–डिकुवा–कुर्लेघाट’ सडक कालोपत्रे हुने भएको छ ।हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारबाट हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा हुँदै हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको वडा कार्यालय पुग्ने साँढे १० किलोमिटर सडक कालोपत्रे हुने भएको हो ।

तीन वडालाई जोड्ने सडक कालोपत्रे योजना सोमबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले शिलान्यास गरेका छन् ।     सडक विभागको २७ करोड ४ लाख ७५ हजार बजेटमा तीन वर्षमा सक्नेगरी फेवा पोखरा कन्स्ट्रक्सनले २०७९ पुष २० सडकको ठेक्का सम्झौता गरेको छ । कालोत्रे सडक ड्रेन सहित नौ मिटर चौडा हुने निर्माण कम्पनीले जनाएको छ ।

मध्यपहाडी लोकमार्ग अन्तरगत च्यास्मीटारबाट सुरु हुने सडकलाई निर्धारित समयमै सम्पन्न गराउनका लागि समन्वय, सहजीकरण र खबरदारी गरिने मेयर राईले बताइन् । ‘च्यास्मिटार–डिकुवा–कुर्लेघाट’ सडक नगरपालिकाभित्रको कालोपत्रे गर्न लागिएको पहिलो शाखा सडक हो । यसकारण यस सडक कालोपत्रे योजनालाई उत्साह र महत्वका साथ हेरिएको छ । 

प्रतिक्रिया दिनुहोस