काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ मा ५५ दशमलव ४० किलोमिटर सडक कालोपत्रे गरेको छ । सोहि अवधिमा १० दशमलव ३१ किलोमिटर सडक ढलान गरिएको महानगरले आर्थिक वर्ष २०८०/८१ को वार्षिक समीक्षामार्फत जनाएको छ ।
यस्तै १२ दशमलव २५ किलोमिटर ढल राख्ने, ३२.४७ किलोमिटर ब्लक छाप्ने, १ हजार ७७७ वर्गमिटर ढुङ्गा छाप्ने, ३ दशमलव १८ किलोमिटर रिटेनिङ वाल लगाउने काम सम्पन्न भएको महानगरपालिकाले जनाएको छ ।
यसैगरी सार्वजनिक निर्माणअन्तर्गत १६ वटा भवन निर्माण र ९ वटा पार्क निर्माण भएकाे महानगरपालिकाले जनाएको छ । यस वर्षमा चालू र क्रमागत गरी ८ अर्ब ९२ करोड रुपैयाँ लागतका ३५८ वटा योजना थिए । खरिद कार्यका लागि ६२५ वटा योजना मूल्याङ्कन भएको महानगरको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ भदौ २०८१, ११ : ३६
लेखकबाट थप