चितवन । अधिकृत व्यवसायी संघ चितवनले देवघाट–१ मा रहेको श्री रामजानकी गार्गी कन्या गुरुकुलमा आवश्यक खाद्यान्नहरू वितरण गरेको छ । अधिकृत व्यवसायी संघका अध्यक्ष नारायण प्रधानले उक्त गुरुकुलका संरक्षक भवानी उपाध्याय र प्राचार्य खिमनाथ चालिसेलाई उक्त खाद्यान्नहरू हस्तान्तरण गरेका हुन् ।
गुरुकुलका ६५ जना कन्याहरूका लागि खाद्यान्नहरूको अभाव भएको जानाकारी प्राप्त भएकोले चामल, दाल, तेल, आलु, सोयाबिन, नुन र बिस्कुटलगायतका सामग्रीहरू हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष प्रधानले जानकारी गराए । नेपाल वितरक महासंघका उपाध्यक्ष दुर्गा गौतमको विशेष उपस्थिति रहेको कार्यक्रम संघका महासचिव मनोज रौनियारले सञ्चालन गरेका थिए ।
अधिकृत व्यवसायी संघ चितवनले प्रधानको नेतृत्वमा भर्खरै गठन गरेको कार्यसमितिले सामाजिक कार्यमासमेत संघलाई अगाडि बढाएकोमा संस्थाका संस्थापक अध्यक्ष एवम् कार्यक्रमका प्रमुख अतिथि पवनकुमार पियाले प्रशन्नता व्यक्त गर्दै गुरुकुलमा थप सहयोग पु¥याउने वचनबद्धता व्यक्त गरे । त्यसैगरी गुरुकुलका संरक्षक भवानी उपाध्याय र प्राचार्य खिमनाथ चालिसेले संघद्वारा प्रदान गरिएको सहयोगको लागि गुरुकुलको तर्पmबाट आभार प्रकट गरे ।
कार्यक्रममा संघका पूर्वअध्यक्ष जिवनाथ पौडेल, निवर्तमान अध्यक्ष रवि श्रेष्ठ, सल्लाहकार श्रवण रेग्मी, उपाध्यक्ष रामजी घिमिरे, कोषाध्यक्ष शम्भुलाल श्रेष्ठ ‘राजु’ सचिव कुलप्रसादलगायत सदस्यहरू निरेश सिंह, निर्मल ढकाल, नितेश महेश्वरी र उद्व अधिकारीको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ चैत्र २०७९, १४ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देवघाटमा आजदेखि माघे सङ्क्रान्ति मेला
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
देवघाटका कुटी र धर्मशालामा बस्ने १०० जनाको उद्धार
चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने पुल निर्माण थालेको १० वर्षपछि सञ्चालनमा