काठमाडौं । मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग आज परामर्श गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग परामर्श गरेका हुन् । सो छलफलमा बुधबार चार बजे १० दलको बैठक बसाल्ने र मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदलाई पूर्णता दिन अझै सकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १३ चैत्र २०७९, ११ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मधेसमा मन्त्रिपरिषद् विस्तार, कांग्रेसका चार र लोसपाका एक मन्त्रीले लिए शपथ
मधेशमा मन्त्रिपरिषद् विस्तार, वनमन्त्रीमा साह नियुक्त
मन्त्रिपरिषद् विस्तार गर्दै कर्णाली मुख्यमन्त्री कँडेल
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ?
मधेशमा मन्त्रिपरिषद् विस्तार, तीन मन्त्रीले लिए शपथ
नयाँ मन्त्रीहरूको शपथ साँझ ५ बजे