काठमाडाैँ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत ८ मा विश्वासको मत लिने भएका छन। उक्त प्रयोजनका लागि प्रदेशसभा सचिवालयले उक्त दिन दिउँसो ३ बजेका लागि बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।
केही हप्ताअघि राप्रपाले सरकारमा सहभागी आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन लिने निर्णय गरेको थियो । त्यसपछि वर्तमान सरकार अल्पमतमा परेको थियो ।
गत पुस २६ मा बागमती मन्त्रिपरिषद् गठन हुँदा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाको संयुक्त गठबन्धन बनेको थियो । बागमती प्रदलेश सरकारको वर्तमान मन्त्रिपरिषदमा माओवादी केन्द्र र एमालेका मात्रै मन्त्री छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०२ चैत्र २०७९, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेश प्रमुख देवकोटासमक्ष अख्तियारको प्रतिवेदन पेस
बागमती प्रदेश : १० जिल्लामा विपद्बबाट ३ अर्ब ४४ करोडको क्षति
बागमती लोक सेवा आयोगका अध्यक्ष श्रेष्ठद्वारा शपथ ग्रहण
बागमती प्रदेश लोक सेवा आयोग अध्यक्षमा महेश्वर श्रेष्ठ नियुक्त
चणिकलाललाई बागमती प्रदेशले डेढ लाखसहित सम्मान गर्ने
बागमतीको न्यूतम साझा कार्यक्रम सार्वजनिक