हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले विकास निर्माणलाई भोटसँग साट्ने प्रवृत्तिले समस्या भइरहेको बताएका छन् । उनले विकास गर्दैमा भोट आउँछ भन्ने धारणाको अन्त्य हुन जरुरी बताए । सोमबार हेटौँडामा गाउँपालिका तथा नगरपालिका महासङ्घका प्रतिनिधिसँग योजना तर्जुमा तथा प्रदेश आयोजना बैङ्क सञ्चालनका सन्दर्भमा छलफल गर्दै मुख्यमन्त्री लामाले नेपालमा पूर्वाधार निर्माण महँगो परिरहेको बताए ।
हालको पूर्वाधार निर्माणको विधिका कारण राज्यको खर्च बढी भइरहेको उनको भनाई छ । उनका अनुसार विकास निर्माणको काम डिजाइन एन्ड बिल्ड विधिमा सञ्चालन गर्दा सहज हुनेछ ।
‘सरकारले आवश्यकता र औचित्यका आधारमा योजना छनौट गर्नुपर्छ । प्रभावकारी र वृहत् प्रकारको योजना कार्यान्वयन गरेर नागरिकलाई उत्पादन र आर्थिक उपार्जनमा जोड्नुपर्छ’ उनले भने, ‘प्रदेश सरकारले बजेट विनियोजन र योजना छनौटलाई प्रभावकारी बनाउन आयोजना बैङ्क सञ्चालनको तयारीमा छ । प्रदेश सरकारले स्थानीय तहको समन्वयमा आयोजना बैंकको काम अघि बढाउने योजना छ । हामी फिजिबिलिटी अध्ययन गरेर योजना छनौट गरेर काम अघि बढाउँछौ ।’
गुणस्तर र निर्माणको विषय प्रक्रियागत रूपमा अनुगमन गरेर नियमन नियन्त्रण गर्नुपर्ने मुख्यमन्त्री लामाले बताए । सरकारको लगानीलाई उत्पादनमुखी बनाउन जरुरी रहेको उनको भनाई छ । उनले अधुरा आयोजना पूरा गर्नेगरी सरकारले अघि बढाउन जरुरी रहेको छ । आन्तरिक र अन्तर सरकार बिच समन्वयात्मक भूमिकाबाट काम गर्नुपर्ने उनले बताए ।
‘हामीले आन्तरिक र अन्तर सरकारबिच समन्वय गर्न जरुरी छ । सरकारको नेतृत्व गरिरहेका व्यक्तिबिच आफू भित्र नै द्वन्द भएमा समस्या समाधान हुन सक्दैन । छलफलको एजेन्डा र कार्यान्वयनमा ध्यान दिनुपर्छ । कार्ययोजना अनुसार काम गर्न जरुरी छ । समस्या समाधान गर्ने गरी छलफल गरेर अघि बढ्नुपर्छ’ मुख्यमन्त्री लामाले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०८ पुस २०८१, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माघ १८ गते प्रदेश सभा बैठक आह्वान गर्ने निर्णय
नवीकरण नहुँदा बागमती प्रदेशका स्वास्थ्य संस्था सुविधाबाट वञ्चित
बागमती प्रदेश प्रवेश गर्ने नाकामा सुरक्षा पोस्ट राख्ने तयारी
बागमतीका १२ अस्पतालमा कांग्रेस-एमालेको भागबन्डा, मन्त्रीका श्रीमानले समेत पाए नियुक्ति
शैक्षिक पाठ्यक्रम समयानुकूल परिमार्जन गर्नुपर्छ : मुख्यमन्त्री लामा
बागमतीका ११ जिल्लाका प्रादेशिक अस्पतालको अध्यक्ष नियुक्त