पाठ्यक्रममा नारायणमान बिजुक्छे

पत्रपत्रिकाबाट

शनिबार, ३० असार २०७५, ०७ : ५०
पाठ्यक्रममा नारायणमान बिजुक्छे

भक्तपुर । भक्तपुर नगरपालिकाभित्रका विद्यालय पुग्नुभयो भने तपाईंका लागि ६ कक्षामा भइरहेको पढाइले ध्यान तान्ने छ । भक्तपुरमै जन्मिएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको व्यक्तित्वबारे कक्षा ६ का विद्यार्थी सिकिरहेका हुनेछन् ।

तत्काल पुग्नुभयो भने शिक्षकसँग पाठ्यपुस्तक हुनेछैन । भक्तपुर नगरपालिकाले फ्रेममा राखेर दिएको बिजुक्छेको तस्वीर देखाएर विद्यार्थीहरु चिन्दै हुनेछन् । आजको राजधानी दैनिकमा यो समाचार छापिएको छ ।

अलि पछि चाहिँ पाठ्यपुस्तकमै उनको जीवनी पढ्न पाइनेछ । जीवनी लेखनकै चरणमा रहेकाले अहिले बिजुक्छेसहित भक्तपुरका विभिन्न विधाका १५ व्यक्तित्व स्थानीय पाठ्यक्रमका सिकाइका विषय बनेका छन् । सबैका तस्वीर भने भक्तपुरका ९२ वटै विद्यालयमा पुगिसकेका छन् ।

भक्तपुरका विद्यालयमा बिजुक्छेसहित राष्ट्रिय छवि बनाएका नेतादेखि स्थानीय तहमा उल्लेखनीय योगदान पुर्याएका व्यक्तिलाई भक्तपुर नगरपालिकाले पाठ्यक्रममा समेटेको छ ।

प्रतिक्रिया दिनुहोस