पोखरा । आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा कास्कीमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) बीच गठबन्धनको सहमति भएको छ। यी २ संगठनले लिखित सहमतिसँगै भागबण्डासमेत टुंग्याएका हुन्।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि देशभरका आंगिक र सामुदायिक क्याम्पसमा शनिबार उम्मेदवारी दर्ता हुँदैछ। चैत ५ गते निर्वाचन हुनेछ। राष्ट्रिय राजनीतिमा गठबन्धन तोडेको एमाले र माओवादी निकट विद्यार्थी संगठनले कास्कीमा भने गठबन्धन गरेर निर्वाचनमा होमिन शुक्रबार सहमति भएको हो।
पार्टीकै पहलकदमीमा विद्यार्थी संगठनले गठबन्धन गरेका हुन् र दुई पार्टीका नेता र विद्यार्थी संगठनका नेताले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। एमालेको तर्फबाट कास्की इन्चार्ज कृष्णबहादुर थापा, पार्टी जिल्ला उपाध्यक्ष तेजनारायण अधिकारी, सचिव बैनबहादुर अधिकारी क्षेत्री र अनेरास्ववियु कास्की संयोजक सन्तोष पोखरेलले लिखित सम्झौतामा हस्ताक्षर गरेका छन्।
माओवादीको तर्फबाट कास्की इन्चार्ज राजकाजी गुरुङ, कास्की संयोजक केशव पौडेल, विद्यार्थी फ्याक्सन इन्चार्ज विनय थापा र अखिल ९क्रान्तिकारी०का जिल्ला अध्यक्ष शरदसिंह विश्वकर्माले हस्ताक्षर गरेका छन्।
यहाँको पृथ्वीनारायण क्याम्पस, वन विज्ञान अध्ययन संस्थान पोखरा, इन्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, जनप्रिय बहुमुखी क्याम्पस र विन्ध्यावासिनी संस्कृत विद्यापीठमा भागवण्डा टुंगो लागेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ फागुन २०७९, १० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अनेरास्ववियुको महाधिवेशनको नयाँ मिति तय गर्न स्थायी कमिटी बैठक बोलाइयो
प्रचण्डद्वारा अनेरास्ववियु (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन उद्घाटन
अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा