काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले श्री एयरलाइन्सलाई हवाई योग्यता निरीक्षण नभएसम्मका लागि जहाज उडाउन प्रतिबन्ध लगाएको छ।
गत बिहीबार काठमाडौंबाट भैरहवाका लागि उडेको श्री एयरलाइन्सको उडान नं। ८२१ को जहाजको इन्जिनमा आगो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो। त्यस दिन उक्त जहाज ठूलो दुर्घटनाबाट बचेको थियो।
इन्जिनमा आगो लागेपछि श्री एयरलाइन्सको जहाज आकस्मिक अवतरण उक्त घटनापछि उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका जहाजको इन्जिन जाँच गर्ने र उड्न योग्य देखिएपछि मात्रै पुनस् उडानका लागि अनुमति दिने भएको हो।
यसर्थ आजदेखि श्री एयरलाइन्सले आफ्ना कुनै पनि जहाज जहाज उडाउन पाउने छैन । श्री एयरलाइन्सका ८ वटा जहाज छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ फागुन २०७९, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विमानस्थलमा कुकुर दौडिएपछि श्री एयरको जहाज ‘ओभर सुट’
श्री एयरलाइन्सले भोलिबाट काठमाडौँ-भरतपुर उडान भर्ने
श्री एयरलाइन्सले दशैंअघि नै काठमाडौं-भरतपुर उडान गर्ने
सुर्खेत उडेको केही मिनेटमै श्री एयरलाइन्सको जहाजमा समस्या, आकस्मिक अवतरण
श्री एयरलाइन्सको विमान धावनमार्गबाट फर्किएपछि...
श्री एयरलाइन्सकी एयरहोस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ