काठमाडौं । नेकपा एमालेका सांसद नेता योगेश भट्टराईले गठबन्धन छाडेर हिडेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आउने ठाउँ भएको तर जाने ठाउँ नभएको बताएका छन् ।
राष्ट्रपति निर्वाचनको मतदानमा सहभागी हुन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेका भट्टराईले पुस १० गते उनलाई ड्राइभिङको जिम्मा दिए पनि गाडी छाडेर भागेको उल्लेख गर्दै जाने ठाउँ नभएको बताएका हुन् ।
नेकपा एमालेसँग गठबन्धन तोडेर गएका प्रधानमन्त्रीसमेत रहेका प्रचण्डलाई अघि बढने ठाउँ भने नभएको उनको भनाई छ । ‘निर्वाचन पछि तीनवटा गठबन्धन भयो, चुनाव अघि एउटा गठबन्धन थियो, चुनाव पछि सरकार बनाउने बेला अर्को गठबन्धन बन्यो, राष्ट्रपति निर्वाचनको सन्दर्भमा अर्को गठबन्धन बनेको छ,’ भट्टराईले भने, ‘पुस १० गते गठबन्धन बनाउने क्रममा प्रचण्डलाई ड्राइभरको सिटमा राखेका थियौं, उहाँले गाडी नै छाडेर हिडनु भयो, प्यासेन्जरलाई दु:ख दिनु भयो, अब फर्केर आउनुहोला तर प्रचण्डलाई आउने ठाउँ छ, जाने ठाउँ छैन् ।’ राष्ट्रपतिको मतदान प्रक्रिया जारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ फागुन २०७९, ११ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लेखा समिति सभापति विपक्षीलाई दिन संविधान संशोधन गरौँ : योगेश भट्टराई
बीआरआईबाट ठोस लाभ प्राप्त गर्नेमा हामी आशावादी छौँ : योगेश भट्टराई
राजनीति चुनावमा उठ्न र भोट हाल्न चाहिने हो, अरुबेला एकतावद्ध भएर अगाडि बढ्नुपर्छ : योगेश भट्टराई
स्वार्थको द्वन्द्वसम्बन्धी कानून तत्काल निर्माण गर्नुपर्छ: योगेश भट्टराई
माओवादीलाई समेत साथमा लिएर संविधान संशोधन गरिन्छ : योगेश भट्टराई
प्रधानमन्त्रीको अस्थिरताबाट देशलाई थप बिग्रिन नदिन कांग्रेस-एमाले सहकार्य : योगेश भट्टराई