काठमाडौंं । व्यवसायी दुर्गा प्रसाईको ‘कालोमोसो’ अभियान दस्ताका केन्द्रीय संयोजक शम्भु थापा चितवनबाट पक्राउ परेका छन्। थापालाई मंगलबार भरतपुरस्थित जिल्ला प्रशासन कार्यालय परिसरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
स्रोतका अनुसार थापालाई छलफल गर्ने भन्दै प्रशासनमा बोलाएर प्रहरीले पक्राउ गरेको हो। प्रसाईको धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको चितवनका एक सदस्य मेघराज पौडेलले थापालाई पक्राउ गरिएको पुष्टि गरे।
पक्राउ परेकाा थापालाई रिहा गर्न अभियानले आग्रह गरेको छ। नछाडिएमा आन्दोलन थाल्ने चेतावनी पौडेलले दिएका छन्। थापालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले बताए।
उनले केही कुरा बुझ्न मात्रै पक्राउ गरिएको जानकारी दिँदै मुद्दा चलाउने नचलाउनेबारे थप अनुसन्धानबाट टुंगो लाग्ने बताए।'ुअहिले सोधपुछका लागि नियन्त्रणमा लिएका हौँ', पण्डितले भने, 'मुद्दा चलाउने भएपछि हामी थप विवरण सार्वजनिक गर्छौँ।' प्रसाईले नारायणी किनारमा एक कार्यक्रम गरेका थिए। त्यही दिन भरतपुर विमानस्थलमा थापाको संयोजकत्वमा दस्ता बनाइएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ फागुन २०७९, ११ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्गा प्रसाईँ १ लाख धरौटीमा रिहा
दुर्गा प्रसाईँलाई १ लाख धरौटीमा छाड्न अदालतको आदेश
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीशद्वय फुयाल र ढुङ्गानाको इजलासमा
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण मुद्दा ‘हेर्न नमिल्ने’
दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
दुर्गा प्रसाई अस्पतालबाट डिस्चार्ज