काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले शक्ति पृथकीकरणको सिद्धान्त, स्वतन्त्र न्यायालयको मर्यादा र गरिमाको सम्मान गर्न सबै राजनीतिक दलसँग आग्रह गरेको छ ।
सर्वोच्च बारको आकस्मिक कार्यसमितिको बैठकले नेपालको संविधानले अङ्गीकार गरेको शक्ति पृथकीकरणको सिद्धान्त, स्वतन्त्र न्यायपालिका तथा स्वतन्त्र न्यायपालिकासम्बन्धी अन्तर्राष्ट्रिय मूल्य र मान्यतालाई पालना गरी न्यायालयको मर्यादा र गरिमाको सम्मान गर्न सबै राजनीतिक दललगायत सम्बद्ध सबैमा आग्रह गरेको हो ।
नेपालको संविधानले स्वतन्त्र न्यायपालिका, विधिको शासनको पूर्ण प्रत्याभूत गरेको परिप्रेक्ष्यमा अदालतमा कुनै मुद्दा दर्ता हुने नहुने विषय र त्यसमा कानूनबमोजिम निर्णय गर्न अदालत पूर्ण स्वतन्त्र हुने सर्वोच्च बारले बताएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ फागुन २०७९, ०८ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविको रिट संयुक्त इजलासमा पठाउन सर्वोच्चको आदेश
रविको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश फुयाँलको इजलासमा
पाथीभरामा केबलकारको काम रोक्न सर्वोच्चको आदेश
सर्वोच्चमा दर्ता भयो हितेन्द्रदेव शाक्यको रिट
सर्वोच्चमा कुलमानको रिट दर्ता, भोलिलाई पेसी
पाथीभरा केबलकार निर्माणविरुद्धको रिट निवेदन सर्वोच्चबाट दरपीठ