विराटनगर । प्रदेश नम्बर १ को नाम कोशी राख्न प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेकपा (एमाले)का प्रदेशसभा सदस्य राम रानामार, प्रस्तावक तथा एमालेका विदुरकुमार लिन्थेप र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका समर्थक भूमिप्रसाद राजवंशी बुधबार दर्ता भएका छन् ।
नेपाली काङ्ग्रेस र एमालेले यसअघि नै प्रदेशको नाम कोसी राख्ने सहमति गरेका थिए । एमालेले कोसी नामले सबैको पहिचान समेट्ने दाबी गरेको छ ।
प्रस्तावमा भनिएको छ, ‘संविधानको धारा २९५ को उपधारा २ तथा प्रदेश नं. १ प्रदेश सभा (पहिलो संशोधन) नियमावली, २०७५ को परिच्छेद १०, नियम ५८ को उपनियम (ख) १ संग २९५ को उपधारा (२) बमोजिमको यस प्रदेशको नामकरण तपसिलमा उल्लेखित नाम कायम गरियोस् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ फागुन २०७९, १३ : ३६
लेखकबाट थप