काठमाडौँ । अभिनेता पल शाहले बलात्कार आरोपमा सफाइ पाएसँगै उनी सोमबार रिहा भएका छन् । जिल्ला कारागार तनहुँबाट रिहा भएसँगै उनको पक्षमा समर्थकहरुले चर्को नारा लगाएका थिए । समर्थकह?ले पल शाह हाइ हाइलगायतका चर्का नारा लगाएका थिए ।
कारागार परिसरमा भेला भएका समर्थकह?ले चर्को नारा लगाएका हुन् । सफाइ पाएर रिहा हुँदा पललाई अबिर माला समेत लगाइएको थियो । नाबालिग बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएपछि आज कार्यालय खुलेसँगै प्रकिया पुरा गरेका थिए ।
रिहा भएपछि उनी काठमाडौं आउने बुझिएको छ । एक गायिकाले शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन्।
तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन्। बलात्कार आरोपमा परेको मुद्दामा शाहलाई जिल्ला अदालत तनहुँले यसअघि नै सफाइ दिइसकेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ फागुन २०७९, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पल शाह र प्रताप दाससंँगै झुम्यो दुवई
‘रावायण’को दोस्रो पोस्टरमा यस्तो देखिए पल शाह र पूजा शर्मा
पल शाह स्टारर फिल्म ‘रावायण’को फर्स्टलुक सार्बजनिक
पुजार सार्की मेरो लागि निकै महत्त्वपूर्ण छ : पल शाह
पल शाहविरुद्धको मुद्दा सर्वोच्च अदालतले दोहोर्याएर हेर्ने