काठमाडौँ । अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ। करिब ७ वर्षपछि हुन लागेको महाधिवेशन फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा हुनेछ।
महाधिवेशनको उद्घाटन नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। निःशुल्क शिक्षा, स्वास्थ र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार ! गुणस्तरीय शिक्षा, गतिशिल संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार भन्ने मुल नाराको महाधिवेशन गर्न लागिएको हो।
महाधिवेशनबाट दुई वर्षका लागि १९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी र ३ आयोग (अनुशासन ,लेखा र निर्वाचन) निर्वाचित गर्नेछ। महाधिवेशनको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सुनिता बरालले सकेसम्म सहमतिको आधारमा चयन गरिने बताइन्। नेतृत्व चयन सहमतिमा नहुँदा स्वस्थ र मर्यादित प्रतिस्पर्धाको माध्यमबाट नेतृत्व चयन गरिने उनले बताइन्। निर्वाचन प्रकृयालाई व्यवस्थित, छिटो छरितो बनाउन विधुतीय मेसिनमार्फत निर्वाचन गर्ने व्यवस्था गरिएको उनको भनाई छ।
आफुहरूले घोषणा गरेको विषय नै स्ववियु निर्वाचनका लागि महाधिवेशन भन्ने रहेको उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २९ माघ २०७९, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अनेरास्ववियुको महाधिवेशनको नयाँ मिति तय गर्न स्थायी कमिटी बैठक बोलाइयो
प्रचण्डद्वारा अनेरास्ववियु (क्रान्तिकारी) को राष्ट्रिय सम्मेलन उद्घाटन
अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा
बालकुमारी घटनाको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन
'राजनीतिक शुद्धीकरण' अभियान चलाउने अनेरास्ववियुको निर्णय (पूर्णपाठ)