काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेटवार्ता भएको छ।
भक्तपुरको बाल्कोटस्थित ओली निवासमा सोमबार बेलुका ओली र विप्लवबीच भेटवार्ता भएको हो। भेटवार्तामा मुलुकको समसामयिक राजनीतिक अवस्था र तत्कालीन ओली नेतृत्वको सरकारसँग भएको तीन बुँदे सहमतिलगायत विषयमा छलफल थियो।
यसैगरी महासचिव विप्लवले ओलीसँग तीन बुँदे सहमतिअनुसार नेता कार्यकर्ताहरूको रिहाइ र मुद्दा फिर्ताबारेमा समेत छलफल गरेका थिए। भेटमा नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि सँगै थिए।
विप्लवले केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि भेटेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ माघ २०७९, १० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली, देउवा र प्रचण्ड एकैठाउँमा
चैत २० मा ओली थाइल्याण्ड जाने, मोदीसँग भेट्न प्रयास
देउवा, ओली र प्रचण्डबिच छलफलको तयारी
राजनीतिमा सक्रियता बढाउँदै पूर्वराष्ट्रपति भण्डारी, छेक्ने दाउमा ओली
नेपाली राजदूत ओलीले बुझाए चिनियाँ राष्ट्रपति सीसमक्ष ओहदाको प्रमाण पत्र
ओलीलाई बीआरआई परियोजना स्वीकार्न माधव नेपालको सुझाव