काठमाडौँ । समाजवादी विद्यार्थी युनियनले चैत ५ मा हुने स्ववियु निर्वाचन पूर्ण समानुपातिक प्रणालीमा लागु गर्ने सम्झौता लागु गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापन पत्र बुझाएको छ । युनियनले विगतमा विद्यार्थी संगठनहरूसँग त्रिभुवन विश्वविद्यालयले गरेको सम्झौता लागु गर्दै चुनाव समानुपातिक प्रणालीमै गर्न माग गरेको हो ।
त्रिविको कुलपति समेत रहेका प्रधानमन्त्री दाहालले यस बिषयमा आफू सकारात्मक रहेको भन्दै उपकुलपतिसँग चाँडै छलफल गर्ने र निकास दिने बताएका छन् ।
०६५ सालमा त्रिविले नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी युनियन लगायतसँग अर्को पटक हुने स्ववियु निर्वाचन पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा लागु गर्ने सहमति गरेको थियो ।
मिनी संसद् निर्वाचनको रूपमा चिनिने स्ववियु निर्वाचन आगामी चैत ५ गते गर्ने त्रिविले घोषणा गरिसकेको छ । समाजवादी विद्यार्थी युनियनका सचिव शेरिहाङ लिङ्देनले देशको संसदीय निर्वाचन नै समानुपातिक समावेशी निर्वाचन प्रणाली अपनाई सकेको अवस्थामा यसभन्दा पछि हटेर गरिने स्ववियु चुनाव गरिए आफूहरूलाई मान्य नहुने चेतावनी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ माघ २०७९, १७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समाजवादी विद्यार्थी युनियनको महाधिवेशन चैत ७–८ गते