काठमाडौं । नागरिकता विवाद मुद्धामा दोषी ठहरिएका रवि लामिछानेको विवाह दर्ता पनि कानूनी रुपमा बदर भएको छ । सर्वोच्च अदालतले शुक्रबार गरेको फैसलामा रवि दोषी ठहरिए सँगै श्रीमती निकिता पौडेलसँगको विवाह पनि बदर गरिदिएको हो ।
रवि र निकिताले पुरानो नागरिकताको आधारमा ‘कोर्ट म्यारिज’ गरेका थिए ।अभिलेख अनुसार रवि र निकिताबिच २०७७ साल माघ ८ गते काठमाडौँ जिल्ला अदालतमा ‘कोर्ट म्यारिज’ भएको थियो।
कानूनी रुपमा नभएपनि सामाजिक र सांस्कृतिक हिसावले भने उनीहरु श्रीमान श्रीमती हुन सक्छन् ।वैधानिक रुपमा पुन: श्रीमान-श्रीमती बन्नका लागि भने अब आधिकारिक नागरिकता लिएपछि पुन: विवाह दार्ता गर्नुपर्नेछ ।
शुक्रबारको फैसलामा रविले अमेरिकी नागरिकता परित्याग गर्दा गृहमन्त्रालयमा जानकारी नगरिएको र विदेशी नागरिकता लिँदा स्वत: नेपाली नागरिकता सक्रिय हुने तर्कसहित नेपालमै रहँदै आएका थिए ।
कानून अनुसार विदेशी नागरिकता परित्याग गरेको अवस्थामा उक्त विषय गृहमन्त्रालयमा जानकारी गराउनु पर्ने र पुन: नागरिकता लिनका लागि निवेदन दिनुपर्ने व्यवस्था उल्लेख छ ।
शुक्रबारको सर्वोच्चको आदेशसँगै रविको उपप्रधान तथा गृहमन्त्री, सांसद, पार्टी सभापतिसहितको पदबाट मुक्त भइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १४ माघ २०७९, १२ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि पक्राउपछि रास्वपाले के–के निर्णय गर्यो ?
काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध रविले गराए उच्चमा निवेदन दर्ता
एक करोड धरौटी खारेजीको माग गर्दै रविले दिए बुटवल उच्च अदालतमा निवेदन
निकिताले इजलासमै लगाइदिइन् रविलाई टीका
रविलाई भैरहवा लगिएसँगै कार्यकर्ताको प्रदर्शन
रविलाई हिरासत बाहिर राखेर अनुसन्धान गर्न रास्वपाको ध्यानाकर्षण